Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्।

घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ।

आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो।

अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेकाले यसरी निस्किनेहरूलाई प्रहरीले पहिलोपटक एक घण्टामा होल्डिङ सेन्टरमा राखेर पठाउने गरेको छ।

सानोठिमी प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक एन थापाले अत्यावश्यक कामबाहेक बाहिर निस्किएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीले त्यसरी निस्किएकाहरूलाई सम्झाई–बुझाई गरेको छ।

भोलिदेखि बाहिर ननिस्किन भनेको छ।

“यसरी बाहिर निस्किँदा कोरोना भाइरस सर्ने जोखिम उहाँहरूलाई नै हुने हो, त्यसकारण पहिलोपटकलाई सम्झाई–बुझाई गरेर छाड्ने गरेका छौँ, अटेर गरे कानून अनुसार कारबाही गर्छौँ”, असई थापाले भने।

भक्तपुरमा मात्र होइन, काठमाडाै‌ उपत्यकाका धेरै स्थानमा प्रहरीले यसरी नै नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर पठाउने गरेको छ।

३ भदौ राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा १० भदौ राति १२ बजेसम्म कायम रहनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं