Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

काठमाडौँ । मस्तिष्क तेज बनाउनको लागि मानिसले आफ्नो पेटको स्वास्थ्यको ध्यान राख्नुपर्दछ । किनभने तेज दिमाग (शार्प ब्रेन) को लागि पेट सबै भन्दा महत्वपूर्ण हुन्छ ।

एक स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क हुनसक्छ । स्वस्थ मस्तिष्कले नै मानिसको जीवन सुन्दर बनाउन सक्छ ।

त्यसैले आफ्नो जीवनको सपना पुरा गर्नको लागि बाहिरी संसारको योजना संगै शरीर र मस्तिष्कलाई स्वास्थ्य राख्नको लागि पनि योजना बनाउनुपर्छ । मस्तिष्कलाइ स्वास्थ्य राख्न कस्तो क्रियाकलाप आवस्यक हुन्छ ?

कसरी कम्जोर हुन्छ मस्तिष्क ?

कम बिरामी हुने मानिसको तुलनामा समय-समयमा बिरामी भइरहने मानिसको मस्तिष्क कमजोर हुने गर्दछ । किनभने छिटो बिरामी हुने मानिसको मस्तिष्कको विकासमा अवरोध उत्पन्न हुन्छ ।

यस्तो समस्याबाट बच्नको लागि सबै भन्दा उचित तरिका भनेको आफ्नो शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्दै लैजानुपर्दछ । स्वस्थ शरीर भए मस्तिष्क पनि तेज हुनेगर्दछ । तेज दिमागले जीवनको सफलता प्राप्त हुन्छ । त्यसैले लामो र ठुलो लक्ष्य पुरा गर्नु छ भने मस्तिष्कको स्वास्थ्यमा ध्यान दिनुपर्दछ ।

सिप वृद्धि गर्ने क्षमतामा प्रभाव

प्रायजसो छिट्टै, ज्वोरो आउने र रुघा-खोकी लाग्ने समस्या भएका मानिस अन्य सामन्य मानिसको तुलनामा पछाडी पर्ने गर्छन् । किनभने बिरामी हुँदा मस्तिष्कको नयाँ कुरा सिक्ने क्षमता कम हुन्छ र सामान्य रुघाखोकीले पनि मनिसको सिप वृद्धि गर्ने क्षमतामा प्रभाव परिरहेको हुन्छ ।

स्वस्थ पाचनप्रणालीको भूमिका

पाचन प्रणाली ठिक भएका मानिस राम्रो संग काम गर्नसक्ने हुन्छन् । उनीहरुको पेटमा भएको ब्याक्टेरिया मस्तिष्कको क्षमता बढाउन निकै सहयोगी हुन्छ । पेट र दिमागको कनेक्शन सहि राख्न ब्याक्टेरियाको ठुलो योगदान हुन्छ ।

वास्तवमा गट ब्याक्टेरियालाई राम्रो व्याक्टेरिया भनिन्छ र यो पेट र दिमाग दुवैको लागि महत्वपूर्ण हुन्छ । गट ब्याक्टेरिया शर्ट-चेन फ्याटी एसिड (एस सी एफ ए) उत्पादन गर्छ । उक्त ‘एससीएफए’ ले दिमागमा भोक नियन्त्रण गर्ने काम गर्दछ ।

मानिसलाई कहिले, किन र कति मात्रामा खाना शरीरलाई आवश्यक छ भन्ने कुरा मस्तिष्कले यी ब्याक्टेरियाको माध्यमबाट दिनेगर्छ । त्यसैले मस्तिष्कलाई स्वास्थ्य राख्न पाचन प्रणाली पनि स्वास्थ्य राख्नुपर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा