Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा÷छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

अस्पतालमा आउने अन्य विरामीले उपचार नपाएको र फर्कनुपरेको गुनासो बढेपछि मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मी तीनैजनालाई मुख्यमन्त्री राईले बोलाएका थिए ।

मुख्यमन्त्री राईले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन समेत निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न पनि निर्देशन दिएका छन् ।

पाँच सय बेड क्षमताको आइसोलेशन तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन पनि उनले सुझाव दिए ।

मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु भोलीबाटै थाल्ने जानकारी गराएका थिए ।

सो क्रममा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं