Lite Nepal

शुक्रबार, भाद्र १२, २०७७

नेपाल आइडल सिजन-३ को फाइनल शुक्रबार
काठमाडौं । नेपाल आइडल सिजन-३ को फाइल शुक्रबार हुँदैछ। एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो।

नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो। जसको श्रेय एपीवान टेलिभिजनलाई जान्छ।

सुरुवातको छोटो समयमा नै दर्शकको मन जित्न सफल नेपाल आइडल सिजन-३ को फाइनलसम्म आइपुग्दा धेरै प्रतिभालाई अगाडि बढ्ने ठाउँ दिइसकेको छ। अहिले नेपाली सांगीतिक आकाशमा चर्चा कमाइरहेका रवि ओड, निशान भट्टराई, बुद्ध लामा, प्रताप दाश, विक्रम बराललगायतका गायक नेपाल आइडलकै उत्पादन हुन्।

नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले अवसर दिन्छ। लुकेर रहेका प्रतिभालाई अगाडि बढ्नको लागि समान अवसर दिन्छ। नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाई कायम गरेको नेपाल आइडल हरेक मानिसको सपनाको स्थान पनि हो।

देशभर रहेका स्थानीय लय र भाका समेटिने नेपाल आइडल एउटा बजनदार टिभी कार्यक्रम हो। नेपाल आइडल सिजन-३ को फाइनलमा तीनजना सहभागीको कडा प्रतिस्पर्धा चलिरहेका छ। जो हजारौँ बाट छानिएर उत्कृष्ट तीनमा पर्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट एक ५० लाख रुपैयाँसंगै नेपाल आइडल सिजन-३ को विजेता घोषित हुनेछन्। जसमा प्रविन बेडुवाल, सज्जा चौलागाई र किरणकुमार भुजेल सहभागी छन्। निर्णायक मण्डलमा इन्दिरा जोशी, न्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा छन्। कार्यक्रममा सुरेश पौडेल, एलन श्रेष्ठ र लोकेश बज्राचार्य कार्यक्रम निर्देशकीय भूमिका निर्वाह गरिरहेका छन्।

हप्ताको कार्यक्रम जस्तै शुक्रबार साँझको कार्यक्रममा सिमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल सिजन-३ को विजेता घोषणा गरिने कार्यक्रमको प्रोजेक्ट हेड सुरेस पौडेलले जानकारी दिए। पौडेलका अनुसार कोभिड १९ संक्रमणको डरले ग्राण्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो।

लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्ने थियो। श्रोता दर्शकको माया अत्यधिक पाइरहेको बेलामा केही महिना कार्यक्रम रोक्नु पर्दा सम्पूर्ण टिमलाई नै दुःखी बनाएको थियो।

करिब ४ महिना पनि यल्लो कार्ड इन्टीमार्फत नेपाल आइडल करिव तीन हप्ता अघि पुन सुरु भएको थियो। त्यसपछिको सबै कार्यक्रममा युटुवको टेन्डिङमै परे। यो आफूहरुप्रतिको विश्वास भएको पौडेलको बुझाइ छ। कार्यक्रममा विजेताले ५० लाख, फस्ट रनरअपले १५ लाख नगद र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गर्नेछन्।

आइडलमा सज्जा चौलागाईँ, प्रवीण बेडुवाल र किरणकुमार भुजेलबीच कडा प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं