Lite Nepal

शनिबार, भाद्र १३, २०७७

काठमाडौं । भक्तपुरको सूर्यबिनायकमा निषेधाज्ञाका कारण बिक्री नभएपछि दूध सडकमा फ्याँकिएको छ ।

सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

‘आज बिहान दूध पोखिएको जानकारी आयो, कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिए,’ प्रवक्ता प्रहरी नायव उपरिक्षक गिरीले भने ।

भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ ।

त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं