Lite Nepal

सोमबार, आश्विन ०५, २०८३

काठमाडौं । नेपाली शेयर बजारमा आज नियमित कारोबार नहुने भएको छ।

नेपाल स्टक एक्सचेन्जले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान नभएपछि आजको कारोबार सत्र स्थगित गरेको हो।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमासमेत क्षति पुग्न सक्ने देखिएकाले कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न निवेदन दिएको थियो।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली,२०७५ को नियम २१ (१) अनुसार २०८३ असोज ५ गतेको कारोबार स्थगित गरिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं