Lite Nepal

सोमबार, आश्विन ०५, २०८३

काठमाडौं । उत्तरी सिरियाको अलेप्पो प्रान्तस्थित अल–ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ।  सिरियाली सरकारी टेलिभिजन अल–इखबारियासहित विभिन्न सञ्चारमाध्यमका अनुसार अल–ऐस क्षेत्रमा सोमबार बिहान लगातार धेरै विस्फोट भएका थिए। बीबीसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयसँग सम्बन्धित हतियार डिपोमा विस्फोट भएको जनाएको छ।

विस्फोटपछि घटनास्थल र आसपासको अवस्थाबारे आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको जनाइएको छ। हालसम्म विस्फोटमा कुनै मानवीय क्षति वा घाइते भएको आधिकारिक पुष्टि भएको छैन।

केही स्थानीय स्रोत तथा सञ्चारमाध्यमले विस्फोटका पछाडि इजरायली हवाई आक्रमणको आशंका गरेका छन्। यद्यपि, उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। रिपोर्टहरूका अनुसार उक्त डिपो टर्कीको समर्थन प्राप्त समूहका हतियार भण्डारणका लागि प्रयोग हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं