Lite Nepal

आइतबार, भाद्र १४, २०७७

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आइतबार सिरहाको लहानमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताए।

पहिलो चरणमा जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण गर्ने मेसिन जडान भई परीक्षण भइरहेकामा अब प्रदेशका आठ वटै जिल्लामा कोरोना परीक्षण मेसिन खरिद गर्न रकम निकासा भइसकेको बताउँदै मुख्यमन्त्री राउतले ५० वटा भेन्टिलेटर खरिद गर्ने गरी प्रक्रिया शुरु भइसकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं