Lite Nepal

शुक्रबार, साउन २३, २०७७

विराटनगर । प्रदेश १ मा शुक्रबार हाल सम्मकै धेरै कारोना संक्रमित थपिएका छन् । मोरङका दुई स्थानीय तहमा मात्रै शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका र मोरङको पुरानो सदरमुकाम रहेको रंगेली नगरपालिकामा यति ठूलो संख्यामा संक्रमण भेटिएको हो ।

विराटनगरमा ३२ र रंगेलीमा २९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा दुई र कटहरी गाउँपालिकामा एकजनामा संक्रमण देखिएको छ ।

मोरङमा एकै दिन शुक्रबार सबैभन्दा बढी ६४ जनामा संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार रंगेली(७ मा मात्रै २३ जना संक्रमित भेटिएका छन् । रंगेली(६ मा तीन, ५ मा एक र ४ मा दुई जनामा संक्रमण पुष्टि भएको छ । जसमा बालबालिकासहित छ जना महिला र २३ पुरुष छन् । संक्रमित हुनेमा १० देखि ५८ वर्षसम्मका छन् ।

रंगेलीमा यसअघि मंगलबार २२ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा एउटै परिवारका १४ जना छन् । त्यसपछि नगरपालिकाले ४, ५, ६ र ७ नम्बर वडामा निषेधाज्ञानै जारी गरेको प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताए ।

कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट विराटनगरमा २४ पुरुष र आठ महिलामा संक्रमण पुष्टि भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा दुई पुरुष र कटहरी गाउँपालिकामा एक महिलामा संक्रमण देखिएको छ ।

मोरङका ६४ सहित शुक्रबार प्रदेश १ मा ६७ जनामा संक्रमण पुष्टि भएको छ । अरु झापाका दुई र सुनसरीका एक जना छन् । झापाको मेचीनगर र विर्तामोडमा एक÷एक पुरुष तथा सुनसरीको धरानमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताले बताए ।

प्रदेश १ मा शुक्रबार एक हजार छ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार तीन सय २२ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार पाँच जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट चार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका चार र मोरङका एक जना रहेको डा। मेहताले बताए । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या नौ सय १० पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा