Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई सास फेर्न गाह्रो भएसँगै आइसियूमा राखिएको दैनिक भाष्करले लेखेको छ ।

६१ वर्षीय दत्तलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलनगरिएको छ तर नतिजा नआइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनको शनिबार गरिएको कोरोना भाइरसको एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो।

उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं