Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको आलोचना गरेका छन्। उनले चितवनमा चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने भन्दै आलोचना गरेका हुन्।

“द्वन्द्वान्तमक भौतिकवादको यो कस्तो अवतार”, उनले ट्वीट गर्दै प्रश्न गरेका छन्, “यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान्?”

शर्माले यस्तो कर्मले कार्ल मार्क्स आत्मालाई शान्ति नमिल्ने टिप्पणी गरेका छन्। यसले नेपाली भूमि लिम्पियाधुरा फिर्ता ल्याउने मिसनमा बल नपुग्ने पनि शर्माले औंल्याएका छन्।

प्रधानमन्त्री ओलीले हिजो चिवतनको माडी नगरपालिकाका जनप्रतिनिधिमण्डललाई अयोध्यापुरीमा राम मन्दिर बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिएका थिए।

आफूले हिन्दू धर्मग्रन्थ, वेदसँगै रामायणको अध्ययन गर्दा भगवान रामको जन्मभूमि नेपालको अयोध्यापुरीमै भएको पाइएको भन्दै राम मन्दिर बनाउन सहयोग गर्ने पनि प्रधानमन्त्रीले वचन दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा