Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको आलोचना गरेका छन्। उनले चितवनमा चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने भन्दै आलोचना गरेका हुन्।

“द्वन्द्वान्तमक भौतिकवादको यो कस्तो अवतार”, उनले ट्वीट गर्दै प्रश्न गरेका छन्, “यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान्?”

शर्माले यस्तो कर्मले कार्ल मार्क्स आत्मालाई शान्ति नमिल्ने टिप्पणी गरेका छन्। यसले नेपाली भूमि लिम्पियाधुरा फिर्ता ल्याउने मिसनमा बल नपुग्ने पनि शर्माले औंल्याएका छन्।

प्रधानमन्त्री ओलीले हिजो चिवतनको माडी नगरपालिकाका जनप्रतिनिधिमण्डललाई अयोध्यापुरीमा राम मन्दिर बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिएका थिए।

आफूले हिन्दू धर्मग्रन्थ, वेदसँगै रामायणको अध्ययन गर्दा भगवान रामको जन्मभूमि नेपालको अयोध्यापुरीमै भएको पाइएको भन्दै राम मन्दिर बनाउन सहयोग गर्ने पनि प्रधानमन्त्रीले वचन दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं