Lite Nepal

मंगलबार, साउन २७, २०७७

वीरगन्ज । अस्पतालमा कोरोनाको उपचार गराएर निको भइ घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको छ।

वीरगन्जको नारायणी अस्पतालकी एक स्वास्थ्यकर्मी कोभिड अस्पतालमा उपचार गराएर घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको हो।

नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत ३६ वर्षीया स्टाफ नर्समा ७५ दिनपछि फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

मेसु उपाध्यायका अनुसार हल्का खोकी लागेपछि कोरोनाको आशंकामा पछिल्लो पटक ती नर्सको पीसीआर परिक्षणका लागि साउन २५ गते स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको थियो।

अस्पतालबाट सोमबार अबेर राति प्राप्त रिपोर्टमा ती नर्सको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु उपाध्यायले बताए।

कोभिड अस्पतालको आइसोलेनमा बेड खाली नभएका कारण उनी अहिले अस्पतालकै क्वाटरको होम आइसोलेसनमा बसेकी छन्।

यसअघि उनमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमीतको उपचारमा उनी वैशाख १४ गतेदेखि एक हप्ता खटेकी थिइन्। त्यहि बेला पहिलो पटक उनी संक्रमित भएकी थिइन्।

वैशाख ३१ गते संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पतालकै आइसोलेसनमा १३ दिन राखेर उपचार गरिएको थियो।

१३ दिनको उपचारमा लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ १२ गते उनी सहित ४३ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

जेठ १२ गते डिस्चार्ज भएपछि उनी १ महिनाको विदा लिएर घर बसेकी थिइन्। १ महिनाको बिदा सकिएपछि ड्युटीमा खटेका बेला उनी फेरि कोरोनाको चपेटामा परेको मेसु उपाध्यायले बताए।

कोरोनालाइ जितेर निको भइ घर फर्किएको व्याक्तिमा साढे २ महिना पछि फेरि संक्रमण भेटिएको यो सम्भवत नेपालकै पहिलो घटना हुन सक्ने नारायणी अस्पतालका चिकित्सक बताउछन्।

नारायणी अस्पतालकै चिकित्सक डाक्टर निरज सिंहले भने,‘यो रि–इन्फेक्सन होइन, पीसीआर मेसिनले मृत भइसकेको भाइरसको फ्राग्मेन्ट (अंश) डिटेक्ट गरेको हो।’ उनका अनुसार यस्तो अवस्थामा डराइहाल्नु पर्ने अवस्था हुँदैन ।

पहिले पनि वीरगन्जमै डिस्चार्ज भएको चार दिनमा एक जनामा संक्रमण देखिएको थियो। ‘यो नयाँ केशको जस्तो अरुमा सर्दैन’, उनले भने, ‘त्यसैले चिन्ताको विषय होइन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं