Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो ।

अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

बिराट नर्सिङ होमका सञ्चालक समेत रहेका डाक्टर कार्कीको १५ साउनमा त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएको थियो । पहिलो केस सफल भएपछि अरू गभ्भिर संक्रमितहरूको पनि कन्भालेसेन्ट प्लाज्मा थेरापी थालिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं