Lite Nepal

बुधबार, साउन २८, २०७७

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा र निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका विष्णु माया सारु कालुङको ३ महिने छोरा सिमोन कालुङ रहेका छन ।

३ महिने बालक कालुङको उपचारको लागी तानसेन ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप निस्दीको ज्यामिरेबाट गल्धा तर्फ आउदै गर्दा हिजो वेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धाका पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया शुसिला सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु रहेको प्रहरीले जनाएको छ ।

घाईते ५ जनाको तानसेनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ भने सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा