Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० हजार ६ सय ८० स्वाबको पीसीआर परिक्षण गरिएको हो।

प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरिएको स्वाब सँगै प्रदेश बाहिरका व्यक्तिको पनि प्रदेशका तीनवटा ल्याबमा परीक्षण गरिएको छ। प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको हो।

निर्देशक यादवका अनुसार हालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ।

परीक्षण गरिएका मध्ये हाल सम्म १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ भने ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमणकै कारण मंगलबार सम्ममा ८ जनाको मृत्यु भईसकेको छ। त्यसमध्ये ३ जना प्रदेश १ बाहिरका छन्।

प्रदेश १ मा मोरङमा सवैभन्दा बढी संक्रमण देखिएको छ। मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन्। मोरंगमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ। विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए।

हालसम्म महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगरका विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० को पीसीआर परीक्षण भएका हुन्।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए।

झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको जानकारी दिँदै प्रमुख मेहताले मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने बताए।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव अभलै होल्डमा रहेको जानकारी दिए। प्रदेशमा धेरै स्वाव संकलन हुने गरेकाले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको निर्देशक यादवको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा