Lite Nepal

बुधबार, साउन २८, २०७७

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्।

कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए।

राजीनामा दिएपनि स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितको उपचार सेवा भने दिइरहेको मेसु उपाध्यायले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीलाइ राजीनामा बुझाएका छौँ, उपाध्यायले भने ,‘तर राजीनामा स्वीकृत भने भएको छैन, अर्को वैकल्पिक व्यवस्था नभएसम्म स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन्।’
कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएको मेसु उपाध्यायले बताए।

साउन २४ गते वीरगन्ज २ छपकैयाकी २० वर्षिया युवतीको वीरगन्जका आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिदा उपचार नपाएर उनको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं