Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।

‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन्। अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएको उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा