Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।

‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन्। अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएको उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं