Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन।

यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ ।

यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरूको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ ।

बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उहाँका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं