Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज भएकाहरु भ्mापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं