Lite Nepal

शनिबार, साउन ३१, २०७७

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् ।

गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारका लागि ल्याइएकाहरु अहिले सामान्य अवस्थामा रहेको र उनीहरु सबैजना घर फर्किएको बर्दिवास सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो ।

‘उनीहरुमध्ये कसैको जिउमा सर्पले टोकेको चिनो नभएको र शरीरमा विषको असर पनि नभएकाले भ्रममा परेर बेहोस भएका हुन्’, देवकोटाले भन्नुभयो, ‘गाउँकै स्थानीय एक महिलालाई सर्पले टोक्दा ज्यान गएको र नजिकै शव गाडेकाले डराएर आफूहरुलाई पनि सर्पले नै टोक्यो भन्ने मनोवैज्ञानिक कारणले बेहोस भएका हन सक्छन् ।’

यस सम्बन्धमा भंगहाका नगरप्रमुख सञ्जीव साहले १६ जनालाई सर्पले टोकेको भनेर आफूलाई राति खबर भएको र त्यही अनुसार सञ्चारमाध्यमलाई पनि जानकारी गराएको बताउनुभयो । तर पछि बुझ्दै जाँदा उनीहरुलाई सर्पले टोकेको भ्रम मात्र भएको उहाँको भनाइ छ ।

शुक्रबार साँझ एउटै टोलका १५, १६ जनालाई पालैपालो सर्पले टोकेको भन्दै त्रास फैलिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं