Lite Nepal

शनिबार, साउन ३१, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताए ।

प्रदेश १ मा आज सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परक्षिण भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं