Lite Nepal

शनिबार, साउन ३१, २०७७

विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी उद्योग तथा शरिर बन्धक मुद्दामा एकजनालाई पुर्पक्षका लागि झुम्का पठाएको थियो ।

धनुषामा कारगार छैन् । कारागार नभएका कारण अदालतले चार जनालाई झुम्का पठाएको खनालले बताए ।

कारगारको छुट्टै स्थानमा राखेर कोरोना जाँच गर्दा पोजेटिभ आएको खनालले बताए । ‘नयाँ कैदी बन्दीलाई पीसीआर जाँच नगरी भित्र राख्दैनौं’ उनले भने, ‘बाहिरी राखेर पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।’

संक्रमण पुष्टि भएकाहरुको अवस्था सामान्य छ । उनीहरुलाई छुट्टै स्थानमा राखिएको छ । कारागार भित्र १ हजार ७ सय १३ जना कैदीबन्दी छन् । संक्रमण नियन्त्रणका लागि नयाँ कैदी बन्दीलाई कोरोना जाँच पछि मात्र अनुमति दिइदै आएको खनालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा