Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । भारत कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेदरमा विश्वकै अग्र स्थानमा आएको छ ।

पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाई समेत भारतले उछिनेको छ ।

कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ६ सय १९ र अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं