विराटनगर। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सुनारले आईजीपी कार्की, उनकी श्रीमतीलगायत उच्च अधिकारीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको दाबी गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको भन्दै सरकारले कार्कीलाई किन संरक्षण गरिरहेको हो भन्दै प्रश्न गरे।
