Lite Nepal

बिहिबार, भाद्र १८, २०७७

काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड घुस प्रकरण नाम दिईएको एक अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत सर्वजनिक गर्ने बताएका छन् ।

देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् ।

तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर हुन भन्दै सरकारी दैनिक पत्रिकामा सुचना समेत जारी गरेको छ ।

मिश्रले सोही प्रकरणको भिडियोको डिभाईस लिन नै आफु जापान आएको र अख्तियारका अधिकृतको सम्पर्कमै रहेको तर अख्तियारले ७ दिनको सुचना निकालेर बोलाउनुले आश्चर्यमा पारेको समेत बताए ।

कोरोनाका कारण आफु देश फर्कन नपाएको तर अख्तियार अधिकृत प्रविन पोख्रेलसँग नियमित सम्पर्कमा रहेको मिश्रले दाबी गरेका छन् ।

उनले आफु नेपाल एयरलाईन्सको उडान मार्फत ३० सेप्टेम्बरमा नेपाल आउन लागेको र आएपछि नै सबै कुराको छिनोफानो हुने बताएका छन् ।

नियमित उडान नभएको कारण मलाई आउन सक्दैन भनेर नै ७ दिनको समय दिएर बोलाएको अनि पूर्वमन्त्री बास्कोटालाई उन्मुक्ति दिने बाटो खोजेको उनको आरोप छ ।

उनले आफुसँग बाँस्कोटाको अनुहार देखिनेगरी ५ मिनेट ४ सेकेण्डको भिडियो सुरक्षित रहेको र गोकुल बाँस्कोटाको आवाज नक्कली भएको भनेर गरिएको प्रचार निराधार भएको पनि जनाएका छन् ।

यही प्रकरणले नेकपामा आगो लाग्ने समेत उनको भनाई छ । नेकपा सचिवालयका ९ जनालाई समेत चुनौती दिँदै मिश्रले ६ अर्ब ५० करोड रुपैंया घोटाला भएको समेत दाबी गरेका छन् । उनले अख्तियार, संसद र न्यायलयको प्रतिनिधी राखेर छानविन गर्नुपर्ने माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं