Lite Nepal

मंगलबार, पुष २२, २०८२

राँझा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ ।

बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

“हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखा परेको छैन”, उनले भने, “दुर्घटनास्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।”

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।

बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । “बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो गएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुनसक्छ”, कँडेलले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा