Lite Nepal

मंगलबार, पुष २२, २०८२

बनियानी (झापा) । यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जंगली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए। हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं