Lite Nepal

बिहिबार, भाद्र १८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिबालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिबालय बैठकले यसअघि गत माघको सचिबालय बैठकको निर्णय अनुसार गौतमलाई नै राष्ट्रियसभामा लैजाने निश्चित गरेको हो ।

राष्ट्रियसभाको खाली रहेको मनोनित कोटामा गौतमलाई पठाउने निर्णय गत माघको सचिबालय बैठकले गरेको भएपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गरेपछि निर्णय कार्यान्वयन भएको थिएन ।

उनले अर्थमन्त्री युवराज खतिवडालाई सो पदमा पठाउन चाहेपनि पुनः गौतमले आफू जाने अडान राखेपछि सचिबालयमा सोही अनुसार निर्णय भएको हो ।

प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रियसभामा लगेर पुरै कार्यकाल अर्थमन्त्री बनाउने चाहना राख्नुभएको थियो ।

तर, ९ सदस्य सचिबालयमा ईश्वर पोखरेलबाहेक अरु सबै गौतमको पक्षमा उभिएपछि बिहीबारको सचिबालय बैठकमा ओलीले नै गौतमलाई राष्ट्रियसभामा लैजाने सुनाउनुभएको थियो ।

अब सचिबालय बैठकको निर्णय अनुसार सरकारले गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । गौतम राष्ट्रियसभामा जाने भएसँगै अर्थमन्त्री युवराज खतिवडा भने २ दिनपछि पदमुक्त हुने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा