लक्ष्मी कटुवाल

सोमबार, भाद्र २९, २०७७

बिर्तामोड । झापामा छोराले बञ्चरो प्रहार गर्दा आमाको मृत्यू भएको छ ।

कमल गाउँपालिका ७ मा आइतबार साँझ ७ बजेतिर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको झापा प्रहरीले जनाएको छ ।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको बताइएको छ ।

हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं