Lite Nepal

मंगलबार, भाद्र ३०, २०७७

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर सहित पूर्वमा मंगलबार विहानै देखी भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको हो ।

नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ २५० मिलिलिटरभन्दा बढी वर्षा भएको छ ।

यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने ससाना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले विभिन्न ३ प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

अहिले प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउँन महाशाखाले आह्वान गरेको छ ।

भारी वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं