Lite Nepal

मंगलबार, भाद्र ३०, २०७७

विराटनगर । प्रदेश १ मा आज १ सय ३८ संक्रमित थपिएका छन् ।

मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ ।

संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् ।

मोरङको कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ ।

प्रदेश १ मा आज ६४ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् ।

हाल सम्म २ हजार १४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ ।

परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं