Lite Nepal

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । विराटनगर महानगरपालिका १ पुष्पलाल चोकका सुर्य श्रेष्ठ विराटगरको मेनरोडमा कपडा पसल गर्छन् ।

श्रेष्ठले महिला पुरुष दुबैले लगाउने कपडाको पसल गरेको ९ वर्ष भयो । कोरोना महामारी पछिको लकडाउनमा केही महिना उनको व्यापार बन्द भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै विहान ६ बजे देखी बेलुका ७ बजे सम्म पसल खोल्दा उनलाई पसलमा भ्याई नभ्याई हुन्छ । उनि भन्छन् ‘पहिले भन्दा अहिले व्यापार दैनिक दोब्बर छ ।’

मेनरोडमानै किराना पसल राखेका विजय झालाई गत चैत अघिका दिनमा समेत सटर भाँडा तिर्न धाउ धाउ पथ्र्यो । पसल राखेको सटर भाँडा तिरेर चार जनाको परिवार चलाउन समेत गाह्रो हुने विजय अहिले निषेधाज्ञा सामान्य भएर निश्चित समय बजार खुल्दा भएको बिक्रिबाट आफै चकित छन् ।

‘पहिले एक सातामा हुने व्यापार अहिले एक दिनमा हुन्छ,’ उनले भने ‘सीमा पारी मान्छे नजाँदा र सीमा बन्दा् हुँदा यताको व्यापार राम्रो छ, पहिलेजस्तो झिँगा धपाएर बस्नु पर्दैन ।’

सुर्य श्रेष्ठको कपडा पसल र विजय झाको किराना पसलको व्यापारत उदाहरण मात्रै हो । सरकारले कोरोना महामारी पछि दुई देशको सीमा बन्दा गर्दाको सकरात्मक असर पछिल्लो समय नेपाली बजारमा देखिन थालेको छ ।

प्रदेश १ को राजधानी समेत रहेको व्यापारिक सहर विराटनगरमा सीमाना खुल्ला हुँदा कारोबार न्यून थियो । घरमा आवस्यक नुन, तेल, दाल, मसला देखी चाडपर्वमा चाहिने रंग र कपडा समेत खरिद गर्न नेपाली सबै भारतीय सीमानामा खुलेका बजार धाउँथे ।

विराटनगरमानै पाईने भए पनि सीमा पारी ३÷४ रुपैया कममा मरमसला र खाध्यान्न साथै केही सय सस्तोमा कपडा पाउँदा सीमाना पारीका भारतीय बजारमा नेपालीको भिडनै लाग्ने गरेको थियो ।

सो समयमा सीमा वारीका व्यापारी पसल खोल्न र बन्द गर्नमै सिमित थिए । ‘पहिले भन्दा अहिले व्यापार त बढेको छ,’ मुनाल पथ छेउ डेरी सहित विस्कुट पसल खोलेका युवराज गौतम भन्छन् ‘तपाई अहिले विराटनगर खुलेको समयमा हेर्नुहोस ग्राहक नपुगेको पसल कमै देख्नु हुन्छ ।’
दैनिक उपभोग्य बस्तु देखी लगाउने कपडाका लागी सीमा बजारको भर पर्ने ग्राहक सबै नेपाली बजारमानै जान थालेको व्यवसायी गौतम बताउँछन् ।

‘बषौँ देखी सीमापारी राम्रो सामान पाउँछ, सस्तो छ, उतै किन्नुपर्छ भन्ने कुराको ‘चेनब्रेक’ कोरोनाले गर्यो’ गौतमले भने ‘यो समयको सदुपयोग विराटनगरका व्यवसायीले गुणस्तरिय सामान ग्राहकलाई बेचेर गर्नपर्छ, ताकी पुन सीमा खुले पनि ती ग्राहक पारी नजाउनु नेपाली पैसा नेपालमानै लगानी होस ।’

केही मुल्य पारी भन्दा वारी महँगो पर्ने भए पनि बिस्तारै नेपाली ग्राहकमा पनि नेपाली बजारमानै किन्ने बानि पर्न थालेको विराटनगर २ बरगाछीका स्थानिय पुष्प घिमिरे बताउँछन् ।

‘घरमा चाहिने चिनी, दाल, तेल देखी लगाउने कपडा सम्म किन्न साईकलमा सीमापारी जोगवनी बजार जान्थे, सीमा बन्द भएपछि यतै किन्छु, केही महँगो परेपनि अब बानि भयो, ठगिएको त महसुस छैन,’ उनले भने ।

चैत अघि सम्म नेपाली बजारमा भन्दा केही सस्तो मुल्यमा जोगवनीमा पाईने हुँदा घरमा आवस्यक सबै सामान उनकोमा सीमा पारीकै बजारको भित्रने गरेको थियो । तर, नेपालमा कोरोना भाईरस (कोभिड १९)को महामारी सुरु भएपछि सीमाना बन्दा गरेपछि पुष्पको दैनिकी फेरियो, उनी आवस्यक सबै सामान विराटनगरका बजारबाट खरिद गर्छन् । ‘६÷७ महिना भयो सबै सामान विराटनगरमानै किन्छु,’ उनले भने ‘केही सामान्य मुल्य अन्तर मात्रै हो ।’

नेपाली सहर विराटनगर नजिकै भारतको जोगवनी बजार हुँदा र सबै ग्राहक त्यता जाँदा विराटनगरमा पसल व्यवसायमा लगानी गरेका व्यवसायी पहिले लगानी डुब्ने डरमा भए पनि अहिलेको व्यापार देख्दा उनिहरुमा केही आशा पलाएको बताउँछन् ।

‘विराटनगरमा नै ठुला मार्केट हाउसमा लगानी छ, भाटभटेनी, सेन्ट्रल मल जस्तामा करोडौ लगानी छ, तर पहिले बिजनेस थिएन, अहिले व्यापार राम्रो छ,’ विराटनगरका व्यवसायी प्रकाश मुन्दडा भन्छन् ‘कोरोना महामारीले त्रास फैलाए पनि अहिलेको व्यापारले केही आश पलाएको छ ।’

नेपाली उत्पादन नेपाली बजारमानै बिक्न थालेको र नेपालमानै पनि गुणस्तरिय सामान रहेछ भन्ने महसुस यो समयमा ग्राहकमा हुन थालेको मोरङ व्यापार सँघका अध्यक्ष समेत रहेका व्यवसायी मुन्दडा बताउँछन् । ‘नेपालीमा पारी किन्ने बानी परेको थियो, उनिहरुले यताको प्रयोग गर्ने अवसर पाएका थिएनन्, अहिले यो महामारीको सकरात्मक प्रभाव व्यापारमा परेकै छ,’ उनले भने ‘पहिले दैनिक ५ करोड सम्म नेपाली पैसा भारतीय सीमानाका बजार पुग्थ्यो, अहिले त्यो रकम नेपाली बजारमानै छ ।’

प्रदेश १ मा झापा सँग सीमाना जोडिएको भारतीय सीमाबजार पानिटंकी र विराटनगर सँग जोडिएको जोगवनीमा दैनिक सैयौँ नेपाली किनमेलका लागी पुग्ने गरेका थिए ।

मोरङ व्यापार सँगको तथ्याङ्क अनुसार भारतीय सीमा बजारमा दैनिक ५ देखी ६ करोडकोको कारोवार हुँदा सो समय नेपाली बजारमा हम्मे हम्मे २ करोड सम्मको कारोबार हुने गरेको थियो ।

पहिले प्रदेश १ का बिभिन्न जिल्ला सहित २ नंबर प्रदेशका नागरिक समेत ती सीमा बजारमा गएर किन्ने गरेकोमा अहिले त्यो क्रम रोकिएर नेपाली बजारलाईनै फाईदा हुने गरेको छ । प्रदेश १ को मुख्य सहर विराटनगर दैनिक बेलुका ७ बजे सम्म खुल्छ भने झापाको बिर्तामोड नियमित खुल्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा