Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

काठमाडौं । विश्वमा ३ करोड ९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।

एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ ।

निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ ।

४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा