Lite Nepal

सोमबार, साउन ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टीको सांगठनिक गतिविधि, महाधिवेशनको समीक्षा तथा आगामी कार्यक्रमका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक साउन १३ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा चितवनमा सम्पन्न पार्टीको महाधिवेशनको समग्र समीक्षा गरिनेछ। साथै, संगठन सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यविधि निर्माण तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, विभिन्न जिम्मेवारीमा मनोनयन र आगामी राजनीतिक अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा पनि छलफल हुने उनले जानकारी दिएका छन्।

महाधिवेशनपछिको संगठनात्मक संरचना र भावी कार्यदिशालाई व्यवस्थित बनाउने उद्देश्यसहित बैठकमा आवश्यक निर्णयहरू लिइने रास्वपाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं