Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा गुटबन्दी र नेपोटिजमको विवादमा मुछिएका निर्माता अनुराग कश्यपमाथि अर्को संगीन आरोप लागेको छ।

अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।

अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गरेको उनले बताएकी छन्।

पायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे। नरेन्द्र मोदीजी उनीविरुद्ध कारबाही गर्न र यी सिर्जनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरि उदांगो पारिदिन आग्रह गर्छु।

मैले यस्तो कुरा गर्दा यसले मलाई नै क्षति पु¥याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ। कृपया मद्दत गर्नुहोस्।’

त्यस्तै पायलको सो ट्विट रिट्विट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको विषयमा थप जानकारी माग गरेकी छन्।

पायलको आरोपबारे अनुरागले हिन्दी भाषामा चारवटा ट्विट गरेका छन्।

उनले सबै आरोप आधारहीन भएको बताएका छन्। उनको अभिव्यक्ति छ, ‘मेरी जेठी श्रीमती हुन् वा दोस्री, वा कुनै प्रेमिका वा ती सबै अभिनेत्री जोसँग मैले काम गरेको छु, अथवा ती सबै युवती वा महिलाको समूह जसले सधैं मसँग काम गर्दै आएका छन्, वा ती सबै महिला जसलाई मैले एक्लै वा जनताबीच भेटेँ, म यस्तो प्रकारको व्यवहार न गर्छु न त कुनै पनि हालतमा सहन सक्छु।’

पायल सन् २०१७ मा ‘पटेलकी पन्जाबी शादी’ फिल्ममा अभिनेता परेश रावलकी छोरी बनेकी थिइन्।

उनका अधिकांश फिल्म तेलुगु भाषामा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा