Lite Nepal

शुक्रबार, आश्विन ०९, २०७७

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुइ पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मोरङ कानेपोखरी गाँउपालिकाका ५५ र सप्तरी राजविराजका ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराज ३ का बृद्धको बिहीबार राती ११ बजे र कानेपोखरी गाँउपालिकाका ५५ वर्षीय पुरुषको राती साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाई र निमोनियासहित कोभिड १९ पोजिटिभ रिपोर्टसंगै भदौ २८ गते राती पौने १२ बजे प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरि, कानेपोखरीका ५५ वर्षीय पुरुषलाई भने वीपीकै सर्जिकल वार्डबाट पिसिआर पोजिटिभ देखिएपछि कोभिड १९ अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो ।

उनको आन्द्रामा क्यान्सर भएर जटिल शल्यक्रिया गरिएको र शरीरको अन्य भागमा समेत क्यान्सर फैलिसकेको अवस्था रहेको प्रवक्ता सापकोटाले बताए ।

यससंगै प्रतिष्ठानमा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा भने हालसम्म ६१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमा १७ महिला र ४४ पुरुष रहेका छन् ।

प्रदेश १ बाहिरबाट २ महिला र ११ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं