Lite Nepal

सोमबार, आश्विन १९, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा भएको ट्याक्सि दुर्घटना परि तीन जना घाइते भएका छन् ।

सोमबार झापाबाट ताप्लेजुङ तर्फ गइरहेको मे १ ज २५७८ नम्बरको ट्याक्सी मेची राजमार्ग अन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै सडकबाट झर्दा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा अर्जुनधारा झापाका ४० वर्षिय असोक कार्की, फुङलिङ नगरपालिका–३ का वर्ष ३७ का सोमनाथ दहाल र सोहि स्थानका वर्ष ३८ का राजेन्द्र दाहाल रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्सी करिव सडकबाट २ सय मीटर तल झरेको थियो ।

घाईते मध्ये असोक कार्कीको अवस्था भने गम्भिर रहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

बाँकि दुईको अवस्था भने सामान्य छ । घाईते सबैको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा