लक्ष्मी कटुवाल

सोमबार, आश्विन १९, २०७७

विराटनगर । टेम्पोको ठक्करबाट मोरङ सुनवर्सी २ मा बस्ने २० वर्षिय मोटरसाइकल चालक सुनिल खत्वेको मृत्यु भएको छ ।

आइतबार साँझ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्रि सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाइकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक खत्वेको गम्भिर घाइते भएका थिए ।

घाइते खत्वेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

टेम्पो र टेम्पो चालक सुनवर्सी ९ डायनियाका ३८ वर्षीय मोहमत महफिललाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं