Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । कोरोना संक्रमण बढ्दै जाँदा समेत सरकारले सार्वजनिक यातायातका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

चाडबाडलाई लक्षित गरी सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको एक मन्त्रीले लाइट नेपाललाई जानकारी दिए ।

यसअघि सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय थियो ।

यद्यपि यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यसैबिच कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं