Lite Nepal

मंगलबार, कार्तिक ०४, २०७७

विराटनगर, ४ कात्तिक । प्रदेश १ मा मंगलबार हाल सम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ सय ७० जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिनेमा सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका १५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३ सय ६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि भएकामा १ सय ६५ महिला र २ सय पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २ सय ३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बा¥हदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरंगका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १४४ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ८४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिउको छ । परीक्षण गरिएका मध्ये ३ सय ४८ महिला र ५ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा