Lite Nepal

मंगलबार, कार्तिक ११, २०७७

ताप्लेजुङ । नेपालमा मात्र नभई विदेशमा पनि प्रशिद्धि कमाएको ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको नाममा अहिले सम्म एक दाम पनि जग्गा छैन । जसका कारण पाथीभरा क्षेत्रमा विकास निर्माणका काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई समस्या पर्ने गरेको छ ।

धार्मिक स्थल लिर्माणका लागि समुह वा संस्थाले जग्गा दिने वा गुठि राख्ने प्रचलन धेरै स्थानमा छ । त्यहाँको आम्दानि त्यहि धार्मिक स्थलनको नाममा रहन्छ ।

वृक्षारोपण, विकास निर्माण लगायत कसैले कुनै गतिविधि गर्नुपरे त्यहि गरीन्छ । तर, नेपालमा मात्र नभई विदेशमा पनि प्रशिद्धि कमाइको पाथिभरा मन्दिरको नाममा भने अहिले सम्म एक दाम पनि जग्गा नभएको पाईएको हो ।

सरकारले घोषणा गरेको राजपत्र अनुसार साविक फुङ्लिङको ६, हाङ्देवाको १, तिरीङ्गेको ९ र लिङ्खिमको ३ नंबर वाडाको पुरै जग्गालाई पाथीभरा क्षेत्र उल्लेख गरीएको छ । अहिले यो फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ्ग गाउँपालिकामा पर्छ ।

सो जग्गा धार्मिक वन वा पाथीभरा क्षेत्रको नाममा नभई सामुदायिक बनको नाममा रहेको पाईको छ । २०४२ साल देखि काम गर्दै आएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिका अनुसार बुढापाकाले पहिले भालुगौडे माथिको क्षेत्रलाई पाथिभरा भनेका थिए ।

त्यहाँ संरचना बनेपछि माथिल्लो फेदी भन्दा माथिको क्षेत्रलाई पाथीभरा क्षेत्र भनियो । त्यहाँ पनि भौतिक संरचना बनेपछि कान्छिथान माथिको क्षेत्रलाई उल्लेख गरीएको छ तर बैधानिकता भने अहिले सम्म कसैसामु नरहेको समितिका रणबहादुर कार्की बताउँछन् ।

कार्कीका अनुसार पुर्वाधार निर्माणका लागि ढुङ्गा फुटाउनुपर्दा, काठकाट्नु पर्दा वा कुनै संरचना निर्माण गर्दा समितिको बनमा गर्नेपर्ने अबस्था रहेको छ । वन कार्यालय वा सामुदायिक वन उपभोक्ताले बन ऐन आकर्षित गरेर त्यस्ता कार्यमा रोक लगाए त्यहाँ हुने गतिविधि ठप्प हुने सम्भावना पनि रहेको छ ।

मन्दिरको जग्गा आप्mनै बनाउने विषयमा मन्त्रिपरीषदको निर्णयनै आवस्यक पर्ने हुन्छ । बार्षिक २ लाख भन्दा बढी तिर्थयात्रि आउने यस तिर्थस्थलको जग्गा समस्या सम्बन्धित निकायले चाँडै हल नगरे अतिक्रमण बढ्नुका साथै भविस्यमा पथीभरा मन्दिरको अस्तित्व पनि संकटमा पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा