Lite Nepal

सोमबार, कार्तिक १७, २०७७

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड १९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए।

सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो। मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए।

कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गतेदेखि खुला गरिसकेको छ। पदयात्रा र पर्वतारोहण खुला भएसँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ।

यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए।

पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंल्याए। प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए।

एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष ९बास्केट फण्ड० स्थापना गर्न आग्रह गरे।

महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएकाले सहजीकरणका लागि सरकारसँग आग्रह गरे। टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा