मोरङ । नेपाल प्रेस युनियन मोरङको जिल्ला अधिवेशनमा विभिन्न पत्रकारिता पुरस्कारबाट चार जना पत्रकारलाई सम्मान गरिएको छ।
गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल सम्मानित भएका छन्। त्यस्तै, शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पत्रकार ब्रम्हदेव यादव सम्मानित भएका छन्।

यसैगरी रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट पत्रकार भोजराज बस्नेत र तारा आचार्य सम्मानित भएका छन्।