Lite Nepal

मंगलबार, कार्तिक २५, २०७७

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको मार्गदर्शन सबैले पालना गर्न सकेमा राष्ट्रिय एकतालाई अझ सबल र कसिलो बनाउन सकिने बताएका छन् ।

महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३६ औं जन्म जयन्तीको अवसरमा मंगलबार शुभकामना दिदै मन्त्री भट्टराईले लिङ्देनले समाज सुधारमा पुर्याएको योगदानको चर्चा गरे ।

‘फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई अझ सबल र कसिलो सकिनेछ,’ शुभकामना सन्देशमा मन्त्रीले भनेका छन् ।

आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नु भएका फाल्गुनन्दले समाज सुधारका लागि वि.सं. १९८८ बैशाख २४ गते स्थापना गर्नुभएको ’सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको मन्त्री भट्टराईको सन्देशमा उल्लेख छ ।

वि.सं. १९४२ कार्तिक २५ गते पूर्वी पहाडी जिल्ला इलामको एक सामान्य किसान परिवारमा जन्मिएका उनको जीवनको सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाजको सुधारमा खर्चिनु परेको स्मरण गर्र्दै मन्त्री भट्टराईले उनले देखाएको बाटोमा सबै नेपालीले हिड्नु पर्ने बताए ।

अनावश्यक तडक भडक नियन्त्रण र मौलिक संस्कृतिको जगेर्नाका लागि फाल्गुनन्दले जारी गरेकोे १० बुँदे लिखित मुचुल्कामा श्रीजंगा लिपिमा अध्ययन गराउने, मादक पदार्थ सेवन नगर्ने, छोराको विवाहमा दान नलिने, स्वदेशी कपडा लगाउने, छोरा र छोरीलाई समान शिक्षा दिने लगायतका कुरा स्मरणयोग्य रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं