काठमाडौँ । बाबर हायातको उत्कृष्ट शतकप्रेरित हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको हो।

हङकङका लागि बाबर हायातले अविजित शतक प्रहार गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा ११७ रन बनाए। त्यस्तै, शाहिद वासिफले ४५ रन बनाए भने एहसान खान ३५ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिए। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।