Lite Nepal

बुधबार, मंसिर १०, २०७७

बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए।

तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अन्नपूर्णसँग भने, ‘उनको मृत्युको मैले पनि सुनेको छु। थप खुल्न बाँकी छ।’

६ वर्षीया बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएको थियो। तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए।

उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा