Lite Nepal

सोमबार, पुष २७, २०७७

काठमाडौं । नेकपा ओली समूहले मातहतको कमिटीलाई पुस ७–९ मा सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ ।

१६ पृष्ठ लामो अपानिमा पार्टी विभाजन र संसद विघटनको कारण खुलाउँदै निर्वाचनमा जुट्न निर्देशन दिइएको छ ।

केपी शर्मा ओलीको हस्ताक्षरमा जारी गरिएको अपानिमा प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेस क्रमशः निर्वाचनउन्मुख हुने विश्वास गरिएको छ ।

‘प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेसलगायत लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने राजनीतिक दलहरु क्रमशः निर्वाचन उन्मुख हुने छन्’, अपानिमा उल्लेख छ ।

वैशाख १७ र २७ मा निर्वाचन हुनेमा आशंका नगर्न यो समूहले आग्रह गरेको छ । तर, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु यसबाट अनुचित लाभ उठाउने प्रयासमा रहेकोमा सचेत गराइएको छ ।

यो समूहले अब पार्टीहरु घोषणापत्र लिएर जानुको विकल्प नरहेको समेत उल्लेख गरेकोछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं