Lite Nepal

बिहिबार, माघ १५, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो खोप जिल्ला अस्पतालकी नर्सिङ निरीक्षक विजया राईले लगाइन् । अन्तराष्ट्रिय नर्सिङ दिवस परेकाले नर्सलाई नै पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

पहिलो दिन २२ महिला र ३७ पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख राजकुमार पोख्रेलले बताए । पोख्रेलका अनुसार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सफाइ कर्मचारीलाई खोप लगाइने छ । पहिलो चरणको खोप अभियान माघ २४ गतेसम्म चल्नेछ । जसका लागि ३ हजार १ सय २० डोज खोप आएको खोप केन्द्र जिल्ला अस्पताल तोकिएको छ ।

छनौटमा परेका सबैले खोप लगाउन अस्पताल जानुपर्ने पोख्रेलले बताए । प्राइभेट अस्पताल तथा क्लिनिकका स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ । पोख्रेलका अनुसार जिल्लामा ८ सय ५५ जना महिला स्वास्थ्य स्वयंसेविका र ४ सय ४५ जना स्वास्थ्यकर्मी छन् ।

बाँकी सफाई कर्मचारी, एम्बुलेन्सका चालक÷सहचालक गरेर १ हजार ५ सय जनालाई पहिलो चरणको खोप लगाउने योजना कार्यालयको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा