Lite Nepal

बिहिबार, माघ १५, २०७७

विराटनगर । प्रदेश १ मा दुई दिनमा तीन हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार कोभीशील्ड खोप बिहीबार प्रदेशमा २ हजार ५ सय जनाले खोप लगाएका छन् । पहिलोदिन बुधबार प्रदेशका विभिन्न ८ जिल्लामा खोप लगाउनेको संख्या १ हजार ३ सय ९६ रहेको थियो ।

बस्नेतका अनुसार हालसम्म प्रदेशभर १ हजार ६ सय ४७ पुरुष र १ हजार ८ सय ६८ जना महिलाले खोप लगाएका हुन् । पहिलोदिन विभिन्न ८ जिल्लाबाट खोप लगाउन सुरु गरिएकोमा बिहीबारबाट ६ वटा थप जिल्लामा खोप लगाइएको छ ।

थप गरिएको ६ जिल्ला ओखलढुंगा, खोटांग, पाँचथर, ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा १ सय ९१ जनाले खोप लगाएको बस्नेतले बताए । मोरङमा बुधबार पहिलोदिन १ सय ४९ जनाले खोप लगाएका थिए । दोस्रोदिन मोरङको विभिन्न ५ स्थानमा ३ सय ७० जनाले खोप लगाएका छन् । हालसम्म मोरङमा ५ सय १९ जनाले खोप लगाएको निमित्त निर्देशक बस्नेतले जानकारी दिए ।

मोरङको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, रंगेली अस्पताल, उर्लाबारीस्थित मंगलबारे अस्पताल, बुढीगंगा गाँउपालिका स्थित विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा खोप लगाउने कार्य भइरहेको छ ।

पहिलोचरणको खोप चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा संलग्न र सुरक्षाकर्मीमा लगाइएको बस्नेतले जानकारी दिए ।

निर्देशनालयले यससंगै कैदीबन्दी र बृद्धाआश्रममा रहेका व्यक्तिमा समेत खोप लगाउने कार्य सुरु गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा