विराटनगरमा दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गर्दै

प्रचण्ड, नेपाल, खनाल र भट्टराईले सम्बोधन गर्ने

Lite Nepal

शुक्रबार, माघ १६, २०७७

विराटनगर । नेपाल कम्यूनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार (आज) विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभा गर्दैछ । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत सो समूहले मध्यान्ह १२ बजेबाट प्रदर्शन सुरु गर्ने बताइएको छ ।

विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट एकैसाथ सुरु हुने प्रदर्शन जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार सभामा अध्यक्षहरु दाहाल र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता उतार्ने योजना रहेको सो समूहले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल र नेता खनाल बिहीबार नै विराटनगर आइपुगेका छन् । अर्का अध्यक्ष दाहाल शुक्रबार बिहान आउने कार्यक्रम तय भएको रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं